नियम १७
अन्तिम नतिजा प्रकाशन
: (१) पदपूर्ति समितिले उम्मेदवारको छनौट सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको योग्यताक्रम अनुसार अन्तिम नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नतिजा प्रकाशन गर्दा उम्मेदवार उपलब्ध भएसम्म कुल रिक्त पदको पन्ध्र प्रतिशत वा घटीमा दुई जना योग्यताक्रम अनुसार वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नु पर्नेछ ।
(३) अन्तर्वार्ता लगायतका प्रक्रियाबाट योग्यताक्रम सूची तयार गर्दा उम्मेदवारको क्‌ल -प्रापाइ्ग बराबर हुन आएमा देहायको आधारमा योग्यताकम तयार गर्नु पर्नेछ:-
(क) शारीरिक तन्दुरुस्ती (बाधापार) परीक्षा र लिखित परीक्षा हुनेमा लिखित परीक्षाको प्राप्ताड्को आधारमा,
(ख) प्रयोगात्मक परीक्षा हुने पदहरुमा प्रयोगात्मक परीक्षाको प्राप्ताङ्कको आधारमा,
(ग) खण्ड (क) बा (ख), बमोजिम योग्यताक्रम नछुट्टिएमा अन्तर्वार्ताको प्राप्ताङ्वको आधारमा,
(घ) खण्ड (क), (ख), बा (ग) बमोजिम पनि योग्यताक्रम नछुट्टिएमा बाधापार परील्षाको प्राप्ताङ्कको आधारमा,
(ङ)खण्ड (घ) वमोजिम पनि योग्यताक्रम नछुट्टिएमा बिज्ञापित पदभन्दा एक तह मुनिको पदको ज्येष्ठताको आधारमा,
(F) खण्ड (ङ) बमोजिम पनि योग्यताक्रम नछुट्टिएमा उमेरको ज्येष्ठताको आधारमा, र
(छ) अन्तर्वार्ता मार हुने पदको हकमा खण्ड (ग), (घ), (ङ) र (F) को आधारमा ।